April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

आजको मौषम-केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरूमा आंशिक बदली बदली रहेको छ ।

शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुवाँलोसमेत लाग्न सक्ने सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। देशका पहाडी भू(भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको