August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरू

मोरङ –पाँचौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टीम विराटनगर–११ र युनाइटेड फूटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ। वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल बेलुकी खेलाइनेछ।

प्रतियोगिताका लागि शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।

प्रतियोगितामा तीन विदेशी टीमसहित १० टीमको सहभागिता रहने छ। प्रतियोगितामा मनाङ-मर्स्याङ्दी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टीमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख १५ हजार तथा उप विजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।



शीर्ष समाचार

धेरै पढिएको