सामुिहक राजीनामा दिने तयारीमा कर्णाली सरकारबाट एमालेका मन्त्री
कर्णाली – कर्णाली प्रदेश नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द्सिंह बुढाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
आइतबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले आफूहरुले तत्काल राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रीहरुले मंगलबार बिहानसम्म आफूहरुले गरेका कामको प्रगती विवरणसहित राजीनामाको घोषणा गर्ने मन्त्री रावलले जानकारी दिए ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहकाअनुसार भोलीको एमाले संसदीय दलको बैठक अगाडि नै मन्त्रीहरुले सामूहिक राजीनामा दिनेछन् । एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिकृया दिनुहोस्