March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन

काठमाडौं : नेकपा एमाले माधव-झलनाथ समूहको अनेरास्ववियुले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ। सोमबार बबरमहलस्थित निगमको कार्यालय अगाडि विद्यार्थीहरुले विरोध धर्ना दिएका हुन्।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले ७२ घण्टाभित्रमा मूल्य बृद्धि फिर्ता नगरे नेपाल आयल निगमका सवारीसाधन तोडफोड गर्ने चेतावनी दिए।  ‘निगमले मूल्य बृद्धि गरेर गरिब जनताको ढाड सेकाएको छ,’ उनले भने‚ ‘७२ घण्टाभित्र मूल्य बृद्धि फिर्ता नभए क्याम्पस आसपास गुडेका  निगमका सवारीसाधन तोडफोड गर्छौं।’ 

उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पनि कालोमोसो समेत दल्ने चतावनी दिए। ‘क्याम्पस अगाडि निरन्तर आन्दोलन गर्नेछौं, सरकारी गाडीहरु क्याम्पस वरिपरि गुड्न दिने छैनौं,गुडेमा गाडीका सिसाहरु फुटाउँछौँ‚’उनले भने। उनले सबै विद्यार्थी संगठनको सयुक्त रुपमा क्याम्पस अगाडि मंगलबार बिहान एक घण्टा चक्काजाम गर्ने बताए। 

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको नयाँ मूल्य  प्रतिलिटर १२० रुपैयाँ कायम भएको जानकारी दिएको छ। साथै‚ डिजेल मट्टितेलमा पनि दुई/दुई रुपैयाँका दरले बढाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको