काेराेना संक्रमण जोखिम बढेकाले बिस्केट जात्रा स्थगित
काठमाडौं– कोरोना संक्रमणको जोखिम बढेको भन्दै भक्तपुरमा नयाँ वर्षको समयमा मनाइने बिस्केट जात्रा स्थगित गरिएको छ।कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार सम्पन्न बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो।
यसअघिको बैठकले अन्य जात्रा रोक्ने निर्णय गरे पनि बिस्केटबारे कुनै निर्णय गरेको थिएन। बैठकले दैनिक रुपमा जोखिम बढेको भन्दै यस वर्ष जात्रा नगर्ने निर्णय गरेको हो। कोरोनाका कारण गतवर्ष पनि जात्रा रोकिएको थियो।
भिडका कारण संक्रमण फैलिन गई भयावह अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
‘हाल भारतका विभिन्न प्रान्तमा कोभिड संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको छ,’ उनले भने, ‘ विस्केट जात्रामा लिङ्गो ठड्याउने तथा रथ तान्ने काममा हजारौं भक्तजन सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड १९ को संक्रमण फैलन गई भयाभयको अवस्था सिर्जना हुनसक्ने सम्भावना रहेकाले यस वर्षको विस्केट रोकिएको हो।
प्रतिकृया दिनुहोस्