April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

जानकी देवी रामद्धारा प्रतिनिधिसभा सदस्य पदको सपथ ग्रहण

काठमाडौं – जानकीदेवी रामले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएकी छन्

गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

सपथ कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।
नेकपा (एमाले) की सानु शिवाको गत असोज २८ गते निधन भएपछि रिक्त समावेशी दलित कोटामा जानकीदेवी निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगले समावेशी दलित कोटामा जानकीदेवी निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।00

शीर्ष समाचार

धेरै पढिएको