June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

प्रचण्डको ओली निकटका नेताहरुसँग छलफल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गर्नु भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी हुनुहुन्छ ।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गर्नुभएको थियो भने आज विहान प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गर्नुभएको हो ।

शीर्ष समाचार

धेरै पढिएको