देशका पहाडी भागमा वर्षाको सम्भावना
काठमाडौं–मौसम विस्तारै सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको तथा बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताइएको छ।
बाँकी भू–भागको मौसम भने सफा रहने महाशाखाको भनाइ छ। अपराह्नतिर प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको दाबी छ।
प्रतिकृया दिनुहोस्