April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

पेशीमा चढ्यो प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दा

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा शुक्रबार पेशी तोकिएको हो।

प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्‍चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले माघ १३ गते अवहेलनाको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित हु्न आदेश गरेको थियो। शुक्रबार उक्त निवेदन न्यायाधीश इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासमा पेशी रहेको छ।

उक्त निवेदनमा फागुन ६ गते प्रधानमन्त्री ओली आफैं जवाफ लिएर सर्वोच्च उपस्थित भएका थिए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानुन व्यवसायीलाई होच्याएको र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको