मौसम सफा रहने विभागको दाबी
काठमाडाैं–अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको तथा अन्य भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
त्यस्तै, अपरान्ह पश्चात् भने देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित साामन्य वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत विभागको भनाइ छ।
प्रतिकृया दिनुहोस्