August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

उपत्यकाको वायुमण्डलमा बाक्लो धुलोधुवाँ

काठमाडौं- शुक्रबार दिउँसोबाट काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित बनेको छ। धुवाँ र तुवाँलो जस्तो देखिने प्रदूषणले जनजीवनलाई पनि अत्यासलाग्दो बनाएको छ। दिउँसो करिब २ बजेबाट वायुमण्डलमा धुलोसँगै धुवाँ मिसिएको मौसमविद बताउँछन् .

यसले उपत्यकाको भिजिबिलिटीसमेत ह्वात्तै घटाएको छ। अहिले काठमाडौंको भिजिबिलिटी एक किलोमिटर मात्रै रहेको उनले बताए।

अहिले हावामा पश्चिमी वहाव रहे पनि भू-वनोटका कारण परिवर्तन हुनसक्ने मौसमविद प्रधानाङगको भनाइ छ। 

वायुमण्डल एक्कासी धमिलो बनेसँगै आँखा पोल्ने समस्या उपत्यकाबासीले भोग्नुपरेको छ।

 

शीर्ष समाचार

धेरै पढिएको