April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

साझा यातायातले पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्दै

काठमाडौं– साझा यातायातले ४० थान विद्युतीय बस खरिद गर्ने भएको छ। सरकारले दिएको ३ अर्ब रुपैयाँबाट साझाले पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्न लागेको हो।

बस खरिदका लागि साझा यातायातले ग्लोबल टेन्डरको सूचना जारी गरेको छ। यातायातले न्यूनतम विड सेक्युरेटी शूल्क २ करोड १० लाख रुपैयाँ राख्दै सूचना जारी गरेको हो। साझाले सन्२०२१को मे ८ सम्मको समयसिमा राखेर टेन्डर गरेको हो।

साझाले टेन्डर सहभागीको प्रस्ताव भने मे ९ मा खुला गर्ने जनाएको छ। सरकारले यस अघि साझालाई ३ सय वटा विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ फिर्ता माग्ने निर्णय गरेको थियो।

साझाबाट रकम फिर्ता गर्ने निर्णयपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिदका लागि असारमा नै जानकारीसहितको सूचना माग गरेको थियो। तर, फेरी सरकारले नै साझालाई बस खरिद गर्ने दिने निर्णय सहित रकम साझालाई नै दिने निर्णय गरेको थियो।

सोही अनुसार साझाले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गरेको हो।

शीर्ष समाचार

धेरै पढिएको