August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

लकडाउनको एक वर्ष पूरा

काठमाडौं – नेपालमा कोरोना संक्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । पटक पटक गरी चार महिनासम्म लकडाउन भएको थियो।

विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि  गत साउन ६ देखि लकडाउन हटाएको थियो। लकडाउन हटेपछि बजार‚ पसल खुले। ढिलो गरी भए पनि शैक्षिक संस्था खुले। सबै क्षेत्रमा चहलपहल बढ्यो।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो। तर, छिमेकी मुलुक रतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ। लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ।

भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्। भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ। फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ। सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।

भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको