April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डविरुद्ध भारतको जित

काठमाडौं- इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित निकालेको छ। मंगलबार भएको खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो।

३१८ रनको उच्च लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा २५१ रन मात्रै बनाउन सक्यो। इंग्ल्यान्डका जोनी बैरस्टवले ९४, ज्यासन रोयले ४६, मोइन अलीले ३० र कप्तान इयोन मोर्गनले २२ रन बनाएपनि हारबाट टिमलाई जोगाउन सकेनन्। 

बलिङतर्फ भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो। शार्दुल ठाकुरले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए।

पुनेमा भएको खेलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ३१७ रन बनाएको थियो। 

भारतको उच्च रनमा शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे। उनले १०६ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै ९८ रन बनाए। त्यस्तै, केएल राहुलले अविजित ६२ रन बनाउँदा 

शीर्ष समाचार

धेरै पढिएको