August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

वर्ल्ड स्लिपिङ डे: चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्!

बेइजिङ- चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्‍न जाने गरेको एक सर्वेक्षणले देखाएको छ।

चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्‍न जाने गरेको जवाफ दिएका हुन्।

आइतबार पर्ने २१औँ विश्व सुताइ दिवस (वर्ल्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन्।

सर्वेक्षणमा दुई हजार दुई जना सहभागी भएका थिए। उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए। सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताइ मानिने आठ घण्टा सुत्‍ने गरेको जवाफ दिएका थिए।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्‍ने गरेको बताए।

उनले भने, ‘हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहीँ त भोकै पनि हुने गरेको छु, सुत्‍न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्‍न ढिलो हुन्छ।’

सुत्‍नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्‍ने हुले बताए। 

शीर्ष समाचार

धेरै पढिएको