December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

काठमाडौँ – सरकारले प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधार लगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

नेपालमा प्राङ्गारिक खेतीको सम्भावना भएकाले रासायनिक मलको प्रयोगलाई घटाउँदै जैविक खेतीतर्फ किसानको आकर्षण बढाउन लागिएको मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले बताए ।धान, गहुँ, मकै लगायत केही बालीलाई रासायनिक मलको आवश्यकता परे पनि तरकारी, फलफूल, चिया तथा कफी लगायत बालीमा प्राङ्गारिक मलको नै प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ ।

प्राङ्गारिक खेती बढाउन नेपालमा भइरहेका प्राङ्गारिक मलको कारखानाको गुणस्तर र सेवा विस्तार गरिने उनले बताए। कृषिसचिव कार्कीका अनुसार विशेषगरी चिया कफीको धेरै खेती हुने क्षेत्रमा प्राङ्गारिक कारखाना सञ्चालन गर्ने तयारी भएको छ ।

रासायनिक मलको बढ्दो प्रयोगले माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तहसमेत घट्न थालेको छ भने बालीनालीको उत्पादकत्वमा समेत ह्रास आइरहेको छ । प्राङ्गारिक मलको प्रयोग बढे रासायनिक मलको प्रयोग पनि घट्ने र हरेक वर्ष हुने मल अभावको समस्या पनि समाधान हुने सरकारको विश्वास छ ।

शीर्ष समाचार

धेरै पढिएको