August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

आज १२५ जनामा कोरोना संक्रमण, १२३ जना निको एकको मृत्यु

 काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १६१ नमुना परीक्षणमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ७५० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १२३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ७३३ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५१ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या १००१ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख ३० हजार ७०८ वटा नमुना परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको