August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

‘माओवादीसँग एकताको कुनै सम्भावना छैन’: प्रधानमन्त्री ओली

काठमाडौं-  यातायात व्यवसायीले गाडी भाडा बढाउनका लागि सरकारलाई दबाब दिन थालेका छन्। पटक-पटक इन्धनको मूल्य बढेकाले तत्काल सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीहरूले दबाब दिन थालेका हुन्।

पछिल्लो ९ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन आग्रह गरेको हो।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलासहितको टोलीले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो सातासम्ममा सार्वजनिक सवारीको भाडा बढाउन आग्रह गरेका हुन्। अब पनि सरकारले भाडा नबढाए आफूहरु सवारीसाधन थन्क्याउन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ। 

 

शीर्ष समाचार

धेरै पढिएको