August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

आज देशैभरी ९४ जनामा कोरोना संक्रमण, ५५ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७८१ नमुना परीक्षणमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ५५० पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४९रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९५४ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख २४ हजार २९३ वटा नमुना परीक्षण गरिएको छ ।

त्यस्तै नेपालमा सोमबारसम्ममा १६ लाख ४४ हजार ८५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको