August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

एक करोड ६२ लाख भन्दा बढी मतदाता

काठमाडौं –
निर्वाचन आयोगले फेरी मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । आयोगले पुष ५ गते देखी स्थगित रहेको मतदाता नामावली संकलन कार्य चैत्र ५ गते देखी सुरु गर्ने जनाएको छ । यो बीचमा निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन कार्य रोकिएको थियो । संसद पुर्नस्थापना भई घोषित समयमा निर्वाचन नहुने भएपपछि आयोगले फेरी मतदाता नामावली संकलनको काम थाल्न लागेको हो । आयोगले बुधबार विज्ञप्ती जारी गरी मतदाता नामावलीमा नाम संकलनका लागि १८ वर्ष पुगेका सबै नागरीकहरुलाई अपिल गरेको छ । २०७७ पुस ५ गते सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० जना रहेको पनि आयोगले जनाएको छ । सो मतदातालाई देशभर १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी मतदानको लागि आवश्यक पर्ने अन्तिम मतदाता नामावली समेत तयार रहेको आयोगले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको