August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

एमालेले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईले नेपाल पक्षसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए । बैठकमा संसद बैठक सञ्चालन, पार्टीभित्र देखिएका विवादबारे छलफल हुने बताए ।

प्रमुख सचेतक भट्टराईकाअनुसार नेपाल पक्षको भेलाबारे केही छलफल हुनसक्ने सम्भावना रहेको छ ।

यता माधव नेपाल समूहले भने बैठकमा सहभागी नहुने बताएको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको