April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

धम्कीको भाषा नबोल्नुहोस्, कारवाही भोग्न तयार छौं: योगेश भट्टराइ

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिको भाषा नबोल्न आग्रह गरेको छ। 

यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराइले भने, ‘यो बुद्धको देश हो, बुद्धको देशमा शान्तिको भाषा हुन्छ। तपाई पनि बुद्धको अनुयायी नै हुनुहुन्छ। त्यसैले तपाईको शक्तिको भाषा छ। त्यो बदल्नुहोस्।’

प्रधानमन्त्री ओलीले आफ्नो समूहको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भेलामा जाने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका थिए। 

‘उहाँले आफ्ना अनुयायीलाई राष्ट्रिय भेलालाई नियाल्न भन्नुभएको छ। तपाईले कसलाई पठाउने हो परिचयसहित पठाउनुहोस्’ नेता भट्टराईले भने। 

उनले कारबाहीको कुराले राजनीति अगाडि नबढ्ने समेत बताए। 

शीर्ष समाचार

धेरै पढिएको