August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

रुस र चीनले बनाएकाे हतियार निर्यातमा गिरावट

काठमाडौं- रुस र चीनले बनाएको हतियार निर्यातमा गिरावट आएको छ। स्विडेनस्थित एक अनुसन्धान संस्थाले गरेको अनुसन्धानमा हतियारको निर्यातको मामिलामा पछिल्लो पाँच वर्षमा रुस र चीनको निर्यातमा गिरावट आएको जानकारी दिएको हो।

रुसको हतियारको निर्यातमा २२ प्रतिशत गिरावट आएको छ। भारतसँग रुसको हतियार निर्यातमा ५३ प्रतिशत गिरावट देखिएको छ। यता चीनकाे ७.८  हतियारको निर्यातमा गिरावट आएको छ। 

यति हुँदाहुँदै पनि दुबै देश सब–सहारा अफ्रिकी देशका ठूला सप्लायर बनेका छन्। पाकिस्तान, बंगलादेश र अल्जिरियाले सबैभन्दा बढी चिनियाँ हतियार खरिद गर्छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी)का अनुसन्धानकर्ता एलेक्जेन्डर कुईमोवा भन्छन्, ‘रुसले थुप्रै देशसँग हालै ठूला हतियारको सम्झौता गरेको छ र यसको निर्यात अबका वर्षमा बढ्नेछ। उसले थुप्रै क्षेत्रमा अमेरिकासँग कडा प्रतिस्पर्धाको सामना गर्नुपरिरहेको छ।’

यता, अमेरिका, फ्रान्स र जर्मनीको ग्लोबल निर्यातमा वृद्धि भएको छ। अमेरिकाको ग्लोबल साझेदारीको ३७ प्रतिशत ओगटेको  बताइएकाे छ। हतियारको आयातको मामिलामा मध्य पूर्वमा सबैभन्दा बढी वृद्धि देखिएको छ।

शीर्ष समाचार

धेरै पढिएको