August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

बन्द नारायणहिटी संग्रहालयको सिने हल पुनः चलाइने

काठमाडौं- नारायहिटी दरबार संग्रहालयभित्र रहेको बन्द पुरानो सिने हल पुन: सञ्चालानमा ल्याइने भएको छ। २०५८ जेठ १९ गते अगाडिसम्म सञ्चालन भइरहेको सिने हल अहिले बन्द छ।

२०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि सिने हल बन्द थियो। ‘बन्द सिने हल पुनः सञ्चालनको लागि आवश्यक तयारी सुरु भएको छ,’ नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘केही दिनदेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिल सफा गर्ने काम भइरहेको छ। सबै रिल काम लाग्ने अवस्थामा नै रहेको अवस्थामा छन्।’

अहिले विज्ञ समूह लगाएर रिलको विषयमा अध्ययनको काम समेत भइरहेको दाहाल बताउँछन्।

शीर्ष समाचार

धेरै पढिएको