April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

सत्ता समिकरणबारे जसपा र कांग्रेसबीच छलफल हुँदै

काठमाडौँ – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच आज वार्ता हुँदैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ४ बजे जसपासँग वार्ता हुने भएको हो ।

सरकारमा जाने विषयमा कांग्रेस र जसपाले साझा धारणा बनाएर अघि बढ्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका शीर्ष नेताहरुबीच बिहीबार छलफल भएको थियो । छलफलका क्रममा जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक छन् ।

उनले रेशम चौधरीको रिहार्य, मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधन गर्नै बचन दिएपछि जसपाले अन्य दलहरुसँग पनि छलफल सुरु गरेको हो । माओवादी केन्द्रले जसपा र कांग्रेससँग छलफल गरिसकेको छ ।

त्यस्तै सभापति देउवाले साझा धारणा बनाउन कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको