August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

कांग्रेस र जसपासँग मिलेर सत्ता सहकार्यबारे छलफल गर्दै माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्रले सत्ता सहकार्यबारे कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त रूपमा छलफल गर्ने भएको छ। माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा बोलाएर कांग्रेस र जसपासँग छलफल गर्न लागेको हो। 

कांग्रेस र जसपा शिर्ष नेताहरुको उपस्थितिमा छलफल हुन लागेको नेता देवेन्द्र पौडेलले जानकारी दिए। 

‘यसअघि पनि विभिन्न कोणबाट छलफल त भइरहेको नै छ, आज पनि सत्ता सहकार्यको विषयमा छलफल हुन लागेको हो,’ उनले भने। 

मंगलबार र बुधबार बसेको माओवादीको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

शीर्ष समाचार

धेरै पढिएको