August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु हुन्छ: प्रधानन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु हुने बताएका छन् ।

विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै छिटै त्यस्तो सेवा केन्द्र स्थापना गर्न सरकार लागि परेको बताए ।

‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने कुरामा हामीले ध्यान केन्द्रित गरेका छौं । नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु गर्छौं,’ उनले भने ।

‘मृगौला रोगको साथमा स्वस्थ जीवन’ नारासहित आज विश्वभर मृगौला दिवस मनाइँदै छ । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको