August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

उपप्रधानमन्त्री पोखरेलले भने- ‘खनाल र नेपाललाई आत्मआलोचनाको मौका दिन्छौं’

वीरगंज – उपप्रधानमन्त्री इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइने बताएका छन् ।

बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै नेकपा एमालेका समेत रहेका उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई एक पटक आत्मआलोचनाको मौका दिइने बताए ।

उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताए । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’

पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन हिजो राति वीरगंज आइपुगेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको