August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

प्रतिनिधि सभा बैठक: एमाले र माओवादी केन्द्रका सांसद्हरु बेग्लाबेग्लै

काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु बेग्लाबेग्लै लहरको कुर्सीमा बसेका छन्। २०७४ सालमा प्रतिनिधि सभा सुरु हुँदा यी दुवै दल बेग्लाबेग्लै लहरमा थिए।

तर, २०७५ जेठ ३ गते एकता गरेर नेकपा गठन गरेपछि भने उनीहरु एकै ठाउँमा बस्न थालेका थिए। फागुन २३ गते सर्वोच्च अदालतले फैसलामार्फत एमाले र माओवादी केन्द्र अलगअलग दल रहेको बताएपछि एकीकृत दल पूर्वअवस्थामा फर्किएका हुन्।

निर्वाचन आयोगले मंगलबार संसद् सचिवालयलाई पत्र पठाउँदै एमाले र माओवादी केन्द्र अलगअलग दल भएको जानकारी गराएको थियो। सोही अनुसार बुधबारको बैठकमा बेग्लाबेग्लै लहरमा बसेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको