August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

लैंगिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

काठमाडाैं–सबै प्रकारका लैंगिक तथा सामाजिक विभेद हटाउनुुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले सम्पूर्ण महिला दिदीबहिनीमा लैङ्गिक समानता, सशक्तीकरण र अधिकार सुनिश्चितताका साथै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।

मुख्यमन्त्री शाहीको सन्देशमा कुल जनसंख्याको आधा हिस्सा ओगेटको महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर उपभोग गर्न पाउने वातावरण तयार गरी लैंगिक तथा सामाजिक विभेद हटाउनुुपर्नेमा जोड दिएका छन्।

‘सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि संविधानप्रदत्त हक अधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्न हामीले विशेष प्रयास गरिरहेका छौं,’ उनको सन्देशा उल्लेख छ।

प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको कार्यक्रम’, ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन कार्यक्रम’ लगायतले महिला र पुरुषबीच रहेको विभेद अन्त्यका लागि महत्वपूर्ण कोशेढुङ्गाको काम गर्ने विश्वास मुख्यमन्त्री शाहीले व्यक्त गरेका छन्। 

लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको हाम्रो संविधानले प्रत्येक महिलालाई विनाभेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा सम्पत्ति एवं पारिवारिक मामिलामा समान हकलगायतका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘यो दिवसले महिलालाई सबै किसिमका अन्याय र विभेदविरुद्ध बोल्न सक्ने प्रेरणा दिने विश्वास लिएको छु ।’

 

शीर्ष समाचार

धेरै पढिएको