August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३७ हजारभन्दा बढी पुग्यो

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५१५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३७ हजार ११९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५८ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९६ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २ लाख ७३ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८८ लाख ४२ हजार ८५७ जनामध्ये १३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको