July 24, 2024, Wednesday
KN hd tv

‘विप्लव’ भूमिगत भएपछि पहिलोपटक सार्वजनिक

काठमाडाैं–सरकारी पक्षसँग वार्ता सफल भएपछि नेत्र विक्रम चन्द ‘विप्लव’को पहिलो तस्बिर सार्वजनिक भएकाे छ। २ वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत भएका उनी सरकारी पक्षसँग वार्ता सफल भएपछि  सार्वजनिक भएका हुन्।

वार्ता सहमतिमा पुगेर काठमाडाैंमा स‌युंक्त सभा गर्ने सहमति भएसँगै  नेकपाका महासचिव ‘विप्लव’को पहिलो तस्बिर सार्वजनिक भएको हाे। महासचिव ‘विप्लव’ नवलपरासीमा सहिद परिवार भेट गरी काठमाडौ प्रस्थान गर्दै छन् ।

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै  काठमाडौं आउन लागेका हुन्।

सरकार र ‘विप्लव’ पक्षवीच बिहीबार तीन बुँदे सहमति भएपछि शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। 

शीर्ष समाचार

धेरै पढिएको