April 12, 2024, Friday
२०८१ बैशाख १, शनिबार
KN hd tv

शीर्ष नेतृत्व ओली नेतृत्वको सरकार हटाउने खेलमा लागे: मन्त्री अर्याल

काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगरी सहजरुपमा स्वीकार्ने बताएकी छन्। स्याङ्जाको बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता)को एवं भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको  बताइन्। 

सरकार हटाउने भए विधि, प्रक्रियामार्फत आउन उनले आग्रह गरिन्। ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौँ, उनले भनिन्, हामी जनताका मान्छे हौँ, जनताको बिचमा आउदा खुसी नै हुन्छौं।’ 

पार्टीका शीर्ष नेतृत्वबीचको पद र शक्तिको अस्वस्थ खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै उनले नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा पर्ने बताइन्।

सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा ल्याएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमाथि हमला भएको मन्त्री अर्यालले बताइन्।

सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर नेपाली सामथ्र्य विश्वमा परिचित गराएको दाबीसमेत मन्त्री अर्यालले गरिन्। 

शीर्ष समाचार

धेरै पढिएको