August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

पछिल्लो २४ घण्टामा गरिएको ५५३६ नमुना परीक्षणमा १०७ जनामा कोरोना संक्रमण

काठमाडौं –पछिल्लो २४ घण्टामा देशैभरी १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ५ हजार ५३६ नमुना परीक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ३३ र पुरुष ७० जना रहेका छन् । आज थपिएका १०७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ४४८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ६८६ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको व्यवस्थापन गरिरहेका विभिन्न निकायबाट प्राप्त भएको तथ्यांक अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५७ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७९५ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ७९ हजार ४७ नमुना परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको