August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ९१ हजार भन्दा बढी

काठमाडाैं– दक्षिण कोरियामा गत २४ घण्टामा थप ४२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याेसँगै कूल संक्रमितकाे संख्या ९१ हजार भन्दा बढी भएको छ।

दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो।

गत वर्ष नोभेम्बरदेखि कैयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुँदै आएको थियो। दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर संक्रमित देखिदै आएका थिए। ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणकाे कारण थप सात व्यक्तिको मृत्यु भएकाे छ। याेसँगै ज्यान गुमाउनेकाे संख्या १ हजार ६१९ जना पुगेका छन्।  

शीर्ष समाचार

धेरै पढिएको