एमाले पार्टी दर्ता बारे ओली – प्रचण्ड भनाभन
काठमाण्डौँ – सत्तारुढ नेकपा भित्रको विवाद उत्र्कषमा पुगेको छ । जारी स्थायि समिति बैठकमा प्रधानमन्त्री केपी ओलीको राजिनामाको विषयले चर्चा पाईरहँदा दुई अध्यक्षबीच हरेक विषयमा भनाभन जस्तो पर्न थालेको छ । यति सम्मकी निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा समेत अध्यक्षद्धयबीच चिर्काचर्की भएको छ । विश्वस्त स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली प्रति आशंका गर्दै ‘निर्वाचन आयोगमा कस्ले एमाले नामक दल दर्ताको निवेदन गर्न लगायो ?’ भन्दै प्रश्न गरेका गर्नुभएको थियो । त्यसको जवाफमा तुरुन्तै प्रधानमन्त्री ओलीले ‘गोपाल किराँतीले पनि त माओवादी पार्टी दर्ता गराएका थिए, मैले त तपाईलाई सोधिन ।’ भनेका छन् । स्रोतका अनुसार दुवै अध्यक्षबीची एक अर्काप्रति तिब्र आशंका बढ्दै गएको छ । जस्ले गर्दा बैठकमा सौर्दता समेत हराउँदै गएको छ ।
आइतबार मात्र झापाकी सन्ध्या तिवारीको नेतृत्वमा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।
मंगलबारको बैठकमै प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहाल सहित सबै शिर्ष नेताहरुले राजिनामा मागेका छन् । अध्यक्ष दाहालले बोल्दै ‘तपाईको राजिनामा भारतले होइन, मैले मागेको हुँ’ भन्नुभएको दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो । जवाफमा प्रधानमन्त्री ओलीले सरकारको राम्रो काम देखि नसहनेले मात्र राजिनामा मागेको भन्दै सरकारले निकै राम्रो काम गरीरहेको बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहाल सहित बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम सहित अधिकांशले राजिनामा मागेको बताइएको छ । हिजो मात्र एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन खाजेको अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस्