August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

सरकार–नेकपाबीच तीन बुँदे सहमति

काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सफल भएको छ ।

बिहीबार आज बिहान बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा विप्लव समूहको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।

फागुन २१ गते पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने सहमतिपत्रमा उल्लेख छ । उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्नै कार्यकतालिका रहेको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

सरकार र नेकपाबीच बिहीबारबाट औपचारिक रुपमा वार्ता सुरु भएको थियो । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् भने नेकपाबाट प्रकाण्ड र उदय चलाउने सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको