April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

भोलिदेखि सांसद र संसदका १५ सय कर्मचारीलाई २१ गतेसम्म खोप लगाइने

काठमाडौँ – संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र संसदका कर्मचारीलाई भाेलिदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

संसद सचिवालयका १५ सय जनालाइ खोप लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतम जानकारी दिए ।

उनले संसद सचिवालयबाट खोप लगाउन १५ सय जनाको विवरण प्राप्त भइसकेको पनि जानकारी दिए । डा गौतमले सांसद तथा कर्मचारीहरुलाई फागुन १९, २० र २१ गते बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने तयारी गरिएको बताए ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पनि आगामी फागुन १९, २० र २१ गते सांसद तथा सबै कर्मचारीलाई खोप लगाउने तयारी भइसकेको बताए ।

प्रवक्ता पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक र संसदिय मामिला विटका पत्रकार लगायत करिव १५ सय जनालाई खोप लगाइने जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको