April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

यी हुन् आलस खाँदा हुने फाइदा

आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । आउनुहोस् आज यसका फाइदाबारे चर्चा गरौँ

के के छन् आलस सेवनको फाइदाहरु :
१. आलसमा २७ प्रकारका क्यान्सररोधी तत्व पाइने भएकाले क्यान्सर हुनबाट जोगाउँछ ।
२. पुरुषमा प्रोस्टेट र महिलामा हुने स्तन क्यान्सर रोकथाममा आलस सेवन राम्रो हुन्छ ।
३. आलसको नियमित सेवनले शरीरले ऊर्जा पाउँछ, तनाव हट्छ ।
४. नियमित यसको सेवन गर्दा रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।
५. यसको सेवनले जोर्नीको कडापनलाई हटाउनुका साथै पेटलाई सफा गर्छ ।
६. आलस सेवन गर्नेहरूलाई कब्जियतले सताउँदैन ।
७. आलसको नियमित सेवनले हृदयरोगको खतरा र रक्तचाप नियन्त्रित गर्छ ।
८. आलसको नियमित उपयोगले छालालाई स्वस्थ हुनका साथै सुक्खापना हटाउँछ ।
९. यसको सेवनले कपाल र नङलाई बढाउँछ, साथै तिनलाई स्वस्थ र चम्किलो बनाउँछ ।
१०. आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ ।
११. आलसको नियमित सेवनले रजोनिवृत्तिसँग सम्बन्धित समस्या समेत कम हुन्छ ।
१२. यसको सेवनले मासिक धर्मको समय हुने दुखाइ कम हुन्छ, गर्भाशयलाई स्वस्थ राख्छ ।

शीर्ष समाचार

धेरै पढिएको