नेकपाका दुवै समूहले प्रधानमन्त्री बन्ने प्रस्ताव गरे: देउवा
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहबाट प्रधानमन्त्र बन्न प्रस्ताव आइरहेको बताएका छन् ।
बिहीबार बिहान आफू निकट नेताहरुसँगको बिफ्रिङमा सभापति देउवाले प्रचण्ड–माधव नेपाल र केपी शर्मा अोली समूहबाट प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको बताएका हुन् ।
कांग्रेस पदाधिकारी बैठक अगाडि आफू निकट नेताहरुसँग छलफल गर्दै सभापति देउवाले कसरी अगाडि बढ्ने भनेर राय मागेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘प्रचण्ड–माधव नेपाल र केपी शर्मा ओली समूहबाट प्रस्ताव आइरहेका छन् । कसरी अगाडि बढ्ने भनेर उहाँले राय माग्नुभयो’, एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसलाई प्रतिपक्षमा बस्न जनताले म्याण्डेड दिएकाले सोहीअनुसार अगाडि बढ्न हामीले सुझाव दिएका छौं । हामीले पार्टीभित्र सामूहिक छलफल गर्न पनि सभापतिज्यूलाई सुझाव दिएका छौं ।’
बुधबार भएको एक कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा अोलीले संसद बहुमतमा देखाउनुपर्ने नत्र भने राजीनामा दिनुपर्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस्