August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

प्रचण्डलाई वामदेवको प्रस्ताव: ‘ओलीलाई राजीनामा गर्न लगाएर पार्टी एकता जोगाऔ‌ं’

काठमाडौ‌– नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटका छन्। गौतमले प्रचण्डलाई् प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई राजीनामा दिन लगाउनुपर्ने र पार्टी एकता कायम राख्नु पर्ने प्रस्ताव राखेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।

‘प्रचण्ड र गौतम कमरेडवीच सौहार्दपूर्णढंगले छलफल भयो । गौतम कमरेडले ओलीलाई तत्काल प्रधानमन्त्रीबाट राजीनामा लगाउनु पर्‍यो । जुनसुकै होलामा एकता कायम राख्नु पर्‍यो भन्ने प्रस्ताव राख्नुभयो’ दुई नेताको छलफलपछि खुमलटार स्रोतले भन्याे‘ प्रचण्डले पनि गौतमलाई तपाईले यसअघिदेखि नै पार्टी एकतामा भूमिका खेल्दै आउँनु भएको छ । अब कुनै पूर्वाग्रह नराखी ओली पक्षका नेताहरु पनि एक ठाउँमा हुने वातावरण बनाउन भूमिका खेल्नुस्।’

गौतम पार्टी दुई खेमा विभाजित हुँदा समेत उनी विचधारमै बसेका थिए । उनी पार्टी एकता जोगाउने भन्दै दुबै पक्षमा नलागेर बसेका थिए।

शीर्ष समाचार

धेरै पढिएको