April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

लाजियोविरुद्ध बायर्नको जित

काठमाडौं–डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम लाजियोविरुद्ध जर्मन क्लब बायर्नले सहज जित निकालेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमाल मुसियला र लेरो सानेले गोल गरे। बायर्नले एक गोल भने उपाहार स्वरुप पाएका थियो। लाजियोका लागि जोआक्वान कोरेयाले गोल गरे। बायर्नले तीन गोल पहिलो हाफमा गरेको थियो।

खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। २४ औं मिनेटमा जमाल मुसियलाले गोल गर्दै बायर्नलाई २–० गोलको अग्रता दिलाए। ४२ औं मिनेटमा लिरो सानेले गोल गर्दा बायर्नले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो।

पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा लाजियोका फ्रान्सिस्को एसर्बीले आत्मघाती गोल गरेपछि उपाहार स्वरुप पाएको थियो। खेलको ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गरेपछि बायर्नले ४–० को अग्रता बनायो। ४९ औं मिनेटमा कोरेयाले गोल गर्दै ४–१ गोलको अवस्थामा पुर्याएपनि लाजियोले बायर्नलाई रोक्न सकेन।

बायर्नले अब आफ्नै मैदानमा लाजियोसँगको दोस्रो लेग मार्च १८ मा खेल्नेछ।



शीर्ष समाचार

धेरै पढिएको