April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

लगाई फकाई गरी भारततर्फ लैजाँदै गरेकी महिलाको उद्धार

कञ्चनपुर – प्रलोभनमा पारेर लगाई फकाई भारततर्फ भगाएर लैजादै गरेका महिलालाई सीमा नाका डोकेबजारबाट उद्धार गरिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-५, बेलार बस्ने वर्ष ३५ का रामदिन डगौराले सोही नगरपालिका-१, कौवापुर बस्ने प्रेम लुहारको श्रीमती सिता लुहार (३२ वर्षीय) लाई ललाफकाई भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।

उनका अनुसार उद्धार गरिएका महिला सहित डगौरालाई आवश्यक कार्वाहीका लागि प्रहरी चौकी त्रिनगरमा बुझाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको