August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

बंगलादेशमा ब्लगरकाे हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डकाे फैसला

ढाका– बंगलादेशमा एक ब्लगरको हत्यामा संलग्न भएका पाँच जनालाई  अदालतले मृत्युदण्ड र एक जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

सन् २०१५ मा उनीहरूले बाङ्ग्लादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयलाई धारिलो हतियार प्रहार गरेर मारेका थिए।

रोयमाथी ढाकामा आयोजित एउटा पुस्तक प्रदर्शनीबाट बाहिर निस्किँदा आक्रमणमा भएकाे थियाे।

धर्मनिरपेक्षताको कुरा गर्ने व्यक्तिहरूमाथि आक्रमणको शृङ्खलाअन्तर्गत उक्त घटना भएको थियो। इस्लामिक लडाकुहरूले त्यसरी आक्रमण गरेको दावी गरेका थिए । 

रोय नास्तिक थिए र उनले धर्मबारे लेख्दा अतिवादीहरू रिसाएका थिए।

साङ्घातिक आक्रमण सगै रहेकी रोयकी पत्नी रफिदा अहमद  गम्भीर घाइते भएकी थिइन्।

शीर्ष समाचार

धेरै पढिएको