August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

कांग्रेस र जसपासँग मिलेर संयुक्त आन्दोलन गर्छौ : प्रचण्ड

काठमाडौं– नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले केही दिनमै संयुक्त आन्दोलन हुने दाबी गरेका छन्। गृहनगर चितवन पुगेका उनले मंगलबार पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘संयुक्त आन्दोलनका  लागि छलफल चलिरहेको छ। कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको छ।’

सवै आ-आफ्नो  ठाउँबाट आन्दोलन गरिररहेको बताउँदै संयुक्त गर्ने प्रयासमा रहेको बताएका हुन्। उनले भने, ‘हिजो मात्रै शेरबहादुर देउवाजी, रामचन्द्रजी र जसपाका नेताहरुसँग कुरा भएको छ।’

उनले संयुक्‍त आन्दोलनका विषयमा कांग्रेस र जसपा नेताहरु सकारात्मक रहेको पनि बताएका छन्।

शीर्ष समाचार

धेरै पढिएको