April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको प्रचण्डको दाबी

चितवन – ​पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्‌हरू नै प्रतिनिधि सभा विघटनका विरुद्ध रहेको दाबी गरेका छन्‌। 

हाल चितवनमा रहेका प्रचण्डले आफूले नै कोठामा राखेर ओलीका पक्षका सांसदहरूलाई सोधेको र उनीहरूले गुटमा रहेकाले बोल्न गाह्रो भएको बताएको दाबी गरेका हुन्‌। 

‘केपीजीका पक्षमा भएका प्रतिनिधि सभाका  ९० प्रतिशत सांसदहरू संसद विघटनका विरुद्ध छन्’, दाहालले भने, ‘बिचरा! उहाँहरूलाई बोल्न गाह्रो भएको छ। गुटमा भइयो, गुट भन्ने चिज खतरनाक हो क्या !’

९० प्रतिशत सांसदले केपी ओलीले बर्बाद पारेको भन्ने पक्षमा रहेको उनको दाबी छ। ‘साँच्चै मन परेको छ त तपाईलाई भनेर मैले कोठामा राखेर उहाँहरूलाई सोधेँ’, उनले भने, ‘हुँदाखाँदाको दुई वर्षका सांसद पद गयो, अब जितिने सम्भावना पनि एकदमै कम छ, यो त घात भएको छ भन्ने सबैलाई नै लागेको छ।’

७० वर्ष लडेर आएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्नु पहिलो प्राथमिकता भएको उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको