प्रधानन्यायाधीशको प्रश्नः यो सरकार केपी अोली कि नेकपाको ?
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको सरकारबारे प्रश्न गरेका छन् । आइतबार संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि बहस गरिरहेका अधिवक्ता दीनमणि पोखरेललाई प्रधानन्यायाधीश राणाले सरकार केपी शर्मा ओलीको कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भन्दै प्रश्न गरेका हुन् ।
‘यो सरकार केपी ओलीको हो कि नेकपाको ?’, उनले प्रश्न गरे । अधिवक्ता पोखरेलले यो नेकपाको सरकार भएको बताए ।
प्रधानन्यायाधीश जबराले यो यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल भएको र धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ? भन्दै प्रश्न गरेका छन् ।
अधिवक्ता पोखरेलले अदालतले संसद्बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्ले निर्णय गर्ने विषय भएको बताए ।
‘श्रीमान्हरू अवस्था हेरिरहनुभएको छ । त्यो हामीले चिन्ता गर्ने विषय होइन । संसद्लाई निर्णय गर्न दिऊ,’ उनले भने, ‘संविधानले अवस्था कल्पना दिएन श्रीमान् । यो संविधानले प्रक्रियाबाट सरकार आउँदैन भन्ने पुष्टि हुनुपर्यो ।’
प्रतिकृया दिनुहोस्