एक तिहाइले घट्यो टेलिकमको नाफा
- Khabar Nirantar
- २०७७ माघ ३०
काठमाडौं- सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफा एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)को अवधिमा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ।
शुक्रबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यही अवधिमा ४ अर्ब ९३ करोड ९१ लाख रूपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि घटेको छ। गत वर्ष २१ अर्ब ९२ करोड रूपैयाँ कूल आम्दानी गरेको कम्पनीले यो वर्ष २० अर्ब ५७ करोड रूपैयाँ मात्रै कुल आम्दानी गरेको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्