पक्राउ परिन् रामकुमारी झाँक्री
काठमाडौं– नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट प्रहरीले नियन्त्रणमा लिएका हो ।
झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डिएसपी दुर्गाराज रेग्मीकाे अगुवाइमा दर्जनभन्दा बढी प्रहरी अधिकारी उनकाे निवासमा पुगेका थिए । उनकाविरुद्ध राज्यविरुद्ध अपराध गरेको आरोप लगेकाे छ ।
केहीदिनअघि गोरखामा भएको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रमलाई संवोधन गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सदर गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्