August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

नेपालमा लगाइएको एस्ट्राजेनेका खोप प्रभावकारी देखियोः विश्व स्वास्थ्य संगठन

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड–एस्ट्राजेनेका खोप बढी प्रभावकारी देखिएकाले यसको प्रयोगलाई बढाउन आग्रह गरेको छ । अक्सफोर्डको खोप ६५ बर्ष भन्दामाथिका उमेर समूहका मानिसहरुका लागि बढी प्रभावकारी देखिएको बताइएको छ ।

डब्लुएचओका रणनीतिक सल्लाहकार समूहका विशेषज्ञ (सेज) ले यो खोप आठदेखि १२ हप्ताको बीचमा दुई डोज दिनुपर्ने बताएको छ ।

‘दोस्रो डोज पनि दिएपछि खोपको प्रभावकारिता अधिक हुन्छ’, डब्लुएचओको सेजका कार्यकारी सचिव डा. जोकिम होम्बाचले भने, ‘यदि तपाईले सिफारिस गरिएको समयमा खोप लगाउनुभयो भने उच्च प्रभावकारिता देख्न सक्नुहुन्छ । यसको डोज ८ देखि १२ हप्ताको बीचमा रहेको छ ।’

डब्ल्यूएचओको निर्णयले युएनको समर्थनमा रहेको कोभ्याक्स योजनाका लागि विश्वभरि अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन कम आय हुने मुलुकहरूमा प्रयोग गर्न प्रभावकारी देखिएको छ ।

एस्ट्राजेनेका खोप नेपालमा पनि प्रयोग भइरहेको छ । भारतले एस्ट्राजेनेका खोप १० लाख डोज उपलब्ध गराएको छ । उक्त खोप पहिलो चरणमा स्वास्थ्य र सुरक्षाकर्मीहरुका लागि लगाइएको छ भने दोस्रो चरणमा पत्रकार, शिक्षक प्राध्यापकहरुलाई लगाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको